27 tips on Bedroom Vaastu Nepali
Sangam Sharma
वास्तुशास्त्रमा बेडरूमलाई (सुत्ने कोठा) अत्यन्तै महत्त्वपूर्ण स्थान मानिएको छ।
वास्तुशास्त्र अनुसार, बेडरूमको आकार वर्गाकार वा आयताकार हुनुपर्छ।
यदि बेडरूम आयताकार छ भने, यसको लम्बाइ र चौडाइको अनुपात १:२ भन्दा बढी हुनु हुँदैन।
उदाहरणका लागि, लम्बाइ २० फिट भए चौडाइ १० फिटदेखि ४० फिटको बीचमा हुनुपर्छ।
१. मास्टर बेडरूमको स्थान:
- मास्टर बेडरूम घरको दक्षिण-पश्चिम कुनामा बनाउनु पर्दछ।
- परिवारको मुख्य व्यक्तिले यो बेडरूम प्रयोग गर्नुपर्छ।
- मास्टर बेडरूम घरका अन्य कोठाहरूभन्दा ठूलो हुनु आवश्यक हुन्छ।
- यदि घर धेरै तल्लाको छ भने, माथिल्लो तल्लाको दक्षिण-पश्चिम कुनामा मास्टर बेडरूम राख्नु उत्तम हुन्छ
२. ओछ्यानको स्थान:
- ओछ्यान दक्षिण वा पश्चिम पर्खालतिर राख्नु लाइ बास्तु शास्त्रमा राम्रो मानिन्छ ।
- सुत्दा ओछ्यानमा टाउको दक्षिण वा पश्चिमतर्फ र खुट्टा उत्तर वा पूर्वतर्फ हुनुपर्छ।
३. निदाउने दिशाका प्रभाव:
- खुट्टा पूर्वतर्फ राखेर सुत्दा नाम, प्रतिष्ठा, र धन प्राप्ति हुन्छ।
- खुट्टा पश्चिमतर्फ राख्दा मानसिक शान्ति र आध्यात्मिकताप्रति रुचि बढ्छ।
- खुट्टा उत्तरतर्फ राख्दा समृद्धि बढ्छ।
- तर, खुट्टा दक्षिणतर्फ राखेर सुत्न हुँदैन। यसले अस्वस्थता, खराब सपना र जीवनशैलीमा नकारात्मक प्रभाव पार्न सक्छ।
४. बेडरूमको अन्य टिप्स:
- मास्टर बेडरूम विवाहित जोडीका लागि मात्र उपयुक्त मानिन्छ।
- आट्याच बाथरूम, चेनजींग रुम वा बाथटबजस्ता सुविधाहरू पश्चिम वा उत्तरतर्फ राख्नुहोस्।
- बाथरूमको ढोका ओछ्यानतर्फ राख्नु हुदैन र सँधै बन्द राख्नु पर्दछ ।
- मास्टर बेडरूमको ढोका पूर्व, उत्तर वा पश्चिम पर्खालमा राख्नुपर्छ। दक्षिणतर्फ ढोका नराख्नुहोस्।
- ढोका एक पाटे हुनुपर्छ र कुनै आवाज बिना पूर्ण रूपमा खुल्नुपर्छ।
५. बेडरूमको झ्याल र फर्निचरको स्थान:
- झ्यालहरू पूर्व वा उत्तरतर्फ हुनुपर्छ।
- दक्षिण-पश्चिम कुनामा भारी आलमारी, शेल्फ वा वार्डरोब राख्नुपर्छ।
- ड्रेसिङ टेबल उत्तर वा पूर्वतर्फ राख्नुहोस्।
- ऐनमा सुतिरहेको शरीरको कुनै भाग देखिने गरी राख्न हुँदैन, यसले स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
६. बेडरूमको सजावट:
- भित्तामा मनमोहक चित्र राख्नुहोस् जुन कोठामा छिर्दा सजिलै देख्न सकिन्छ।
- बेडरूममा बिरुवा, माछाको ट्यांकी वा कुनै पनि जीवित प्राणी नराख्नुहोस्।
७. बालबालिका र अविवाहितका लागि:
- पश्चिमतर्फको बेडरूम बालबालिकाका लागि उपयुक्त हुन्छ।
- पूर्वतर्फको बेडरूम अविवाहित बालबालिका वा पाहुनाहरूका लागि राम्रो हुन्छ।
- दक्षिण-पूर्वतर्फ बेडरूम नराख्नुहोस्, यसले पति-पत्नीबीच झगडा र खर्च बढाउने सम्भावना हुन्छ।
- उत्तर-पूर्वतर्फ बेडरूम भए परिवारका सदस्यहरू बिरामी हुने सम्भावना रहन्छ।
८. रंग र सामग्रीको छनोट:
- बेडरूमको पर्खालमा हल्का गुलाबी, खरानी, नीलो, चकलेट वा हरियोजस्ता रंग प्रयोग गर्नुहोस्।
- नवविवाहित जोडीका लागि सेतो वा पहेँलो मार्बल वा पत्थर प्रयोग नगर्नुहोस्।
यसरी, वास्तुशास्त्रका अनुसार बेडरूमको सही स्थान र व्यवस्था गर्दा मानसिक शान्ति, सुख, समृद्धि र स्वास्थ्य राम्रो रहन्छ।